Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


एमाओवादी बैठकमा सरकारको विकल्प खोज्न नेतृत्वलाई दबाब


0
Shares

काठमाडौं, वैशाख १७ । एकीकृत नेकपा माओवादीले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी कमिटी बैठकमा नेताहरुले वर्तमान सरकारले जनचाहना अनुसार काम गर्न नसकेको भन्दै विकल्प खोज्न नेतृत्वलाई दबाव दिएका हुन् ।

सरकारले संविधान कार्यान्वयन गर्न चासो नदेखाएको, मधेशी दलका मुद्दा सम्बोधन गर्न नसकेको, पुनर्निर्माणलाई तीव्रता दिन नसकेको, महँगी, भ्रष्टाचार बढे पनि ठोस रुपमा सरकारले काम गर्न नसकेको भन्दै उनीहरुले आलोचना गरेका हुन् ।

वर्तमान सरकार रहेसम्म जनताले राहत नपाउने भन्दै सदस्यहरुले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका छन् ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा र वामपन्थी पार्टीबीचको एकताका बिषयमा पनि छलफल भएको थियो ।