Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


एमालेले भनेजस्तो संसदीय सुनुवाइ समिति मान्य हुँदैन : नेता सिंह


0
Shares

काठमाडौँ, वैशाख १७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले एमालेले परिभाषित गरेजस्तो संसदीय सुनुवाइ समिति काँग्रेसलाई मान्य नहुने बताएका छन् ।

आज यहाँ काठमाडौँ क्षेत्र नं १ द्वारा आयोजित भेटघाटमा काँग्रेस नेता सिंहले भने–‘‘हिजो एमालेले सुशील कोइराला नेतृत्वको सरकारले न्यायपरिषद्को सदस्य सिफारिस गर्दा संसदीय समिति छैन नयाँ संविधानको प्रावधानअनुसारको नयाँ चुनाव भएपछि मात्र नयाँ संसदीय समिति बन्छ भनेर अवरोध गर्ने रु अहिले राजदूतलगायतको सिफारिस गरेर संसदीय समितिमा पठाउने रु यो कुरा काँग्रेसलाई कदापि मान्य हुँदैन ।’’

उनले सरकारमा रहेकै दलले सरकारको औचित्यमाथि प्रश्न उठाउन थालिसकेकाले सरकार कस्तो धरातलमा उभिएको छ त्यसको व्याख्या गरिरहनुनपर्ने बताए । नेता सिंहले सरकार ढाल्ने खेलमा आफ्नो दल नभएको प्रष्ट पार्दै सत्तारुढ दलहरु नै सरकार ढाल्ने खेलमा लागिसकेको जिकिर गरे ।

काँग्रेसले आगामी संसद् बैठकमा जनताले भोग्नुपरेका समस्यालाई कडाइका साथ उठाउनेसमेत नेता सिंहले बताए । मुलुकका सबै समस्याको समाधान काँग्रेसबाहेक अरुले गर्न सक्दैन भन्ने कुरा प्रमाणित भइसकेकाले आगामी चुनौतीबाट मुलुकलाई निकास दिन काँग्रेस जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्नेसमेत सिंहले स्पष्ट पारे  । रासस