
काठमाडौं । श्रीलंकामा अल्पसंख्यक मुस्लिम समुदायमाथिको हिंसा जारी रहेपछि लगातार दोस्रो रात पनि कर्फयु लगाइएको छ ।
मस्जिद तथा मुसलमानहरुका व्यापारिक प्रतिष्ठानमा हिंसा बढेपछि श्रीलंका सरकारले सोमवार रातीदेखि कर्फयु लगाएको हो ।
उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसंख्यक मुसलमान समुदाय र बहुसंख्यक बुद्धमार्गी समूहबीच हिंसात्मक झडप भएपछि कफ्र्यु आदेश जारी गरिएको हो ।
तनाव बढ्दै गएपछि प्रहरीले बौद्धमार्गी समुहदायका एक जना प्रभावशाली नेतालाई पक्राउ गरेको छ ।
हिंसात्मक प्रदर्शनमा सरिक भएको आरोपमा देशका विभिन्न शहरबाट झण्डै ५ दर्जनलाई पक्राउ गरिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्