२ असार २०८२, सोमबार | Mon Jun 16 2025


डढेलोबाट एक हजार एक सय ५० हेक्टर बन क्षेत्र जलेर नष्ट


0
Shares

धनकुटा, बैशाख १८ । धनकुटामा यो बर्ष डढेलोबाट एक हजार एक सय ५० हेक्टर बन क्षेत्र जलेर नष्ट भएको छ ।

जिल्लाका १३ वटा सामुदायिक वनमा डढेलो लागेको हो । सामुदायिक वनमा लागेको डढेलोबाट बसन्तटार गाविसमा ३ घर जलेको छ ।

कुरुलेतेनुपामा ३ वटा गोठ जलेका छन् । धनकुटाकै लेगुवामा निजी वनमा लागेको डढेलोले १४ घर जले ।

यसबाट करीब एक करोड बराबरको क्षति भएको जनाइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले तयार गरेको तथ्यांक अनुसार धनकुटामा ७० वटा सामुदायिक वन डढेलोको जोखिममा छन् ।

यी मध्ये ४७ वटा सामुदायिक वनबाट सल्लाको खोटो संकलन हुने गरेको छ ।