३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


संविधान कार्यान्वयनमा जुटौं : सभामुख


0
Shares

चितवन, वैशाख १८ । सभामुख ओनसरी घर्तीले नयाँ संविधान जारी हुनु महत्वपूर्ण उपलब्धि भएको बताएकी छन् ।

संविधानमा सबैको स्वतन्त्रता र समानताको हकको पूर्णसम्बोधन र कार्यान्वयन हुन अझै बाँकी रहेको भन्दै उनले सबैपक्ष संविधान कार्यान्वयनमा जुट्नुपर्नेमा जोड दिइन् ।

शनिबारदेखि चितवनमा सुरु भएको नेपाल मगर संघको ११औं महाधिवेशनको उद्घाटन गर्दै सभामुख मगरले जनप्रतिनिधिले संविधान बनाउनु सुखद भएको उल्लेख गरिन् ।

मगर समुदायले आफ्ना हक, अधिकार स्थापित गर्न अझै प्रयास गर्नुपर्ने उनको भनाइ थियो ।

महाधिवेशनमा ५ सय ६६ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् ।