
पोखरा, वैशाख १८ । नेपालमा कुष्ठरोग उन्मुलन भएको भनिएपनि तराईका १३ जिल्लामा अझैपनि कुष्ठरोगी रहेको पाइएको छ ।
शनिबार पोखरामा आयोजित नेपाल कुष्ठरोग निवारण संघको ४५औं केन्द्रीयसभामा तराई क्षेत्रका कतिपय जिल्लामा अझैपनि कुष्ठरोगीहरु रहेको जानकारी दिइएको हो ।
विश्व स्वास्थ्य संगठनले कुष्ठरोगलाई विश्वका सबै राष्ट्रबाट प्रति १० हजार मानिसमध्ये एक वा सोभन्दा कम राख्न सफल भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्