
सुनसरी, वैशाख १९ । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा उल्लेखनीय बृद्धि भएको छ ।
अर्ना संरक्षणमा सरकारले खासै चासो नदिए पनि दुई बर्षको अबधिमा अर्नाको संख्यामा भने उल्लेखनीय रुपमा बृद्धि भएको हो । सन् २०१४ मा कोशीटप्पु वन्यजन्तु आरक्षमा ३२४ वटा अर्ना रहेकामा दुई बर्षपछि यो संख्या बढेर ४३२ पुगेको हो ।
विसं २०३२ सालमा कोशीटप्पु बन्यजन्तु आरक्षको स्थापना गर्दा ६३ वटा अर्ना भेटिएको थियो । अहिले यो संख्या बढेर ४३२ वटामा पुगेको छ ।
नेपाली सेनासहित आरक्षका कर्मचारीले तीन दिनसम्म गणना गरी दिएको जानकारीअनुसार अर्नाको संख्या बढेको हो ।
प्रतिक्रिया दिनुहोस्