
-नरेन्द्र थापा, ईमेज
नेपालगञ्ज, बैशाख १९ । नेपालगञ्जलाई सामान्यतया नेपालको सबैभन्दा गर्मी हुने ठाउँ भनेर चिनिन्छ । बिगत बर्षमा जेठको अन्तिम सातामात्र सुरु हुने गर्मीले यस बर्ष भने बैशाख महिनाको सुरु मै नेपालगन्जलाई नराम्ररी तताइसकेको छ ।
नेपालगन्जका सडकमा मानिसहरुको चहलपल देखिदैन । त्यस बाहेक तातो हावाले धेरैलाई सास्ती दिइरहेको छ । अघिल्लो बर्षको तुलनामा यसबर्ष तापक्रम बढीरहेको छ । गतबर्ष यसै समयको तापक्रम ३५ डिग्री थियो भने यसबर्ष ३९ डिग्री कटेको छ ।
प्रतिक्रिया दिनुहोस्