
काठमाडौं, बैशाख १९ । संसद नियमावलीमा कुरा नमिलेपछि सभामुख ओनसरी घर्तीमगरले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेकी छिन् ।
सभामुख घर्ती र प्रमुख दलका नेताहरुबीचमा सिंहदरबारमा भएको छलफलमा शीर्ष नेताहरुले भोलिसम्म कुरा मिलाउने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा संसदीय सुनुवाईका बिषयमा पार्टीमा थप छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय मागेपछि सहमति नभएको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।
बैठक सकरात्मक भएको, नियमावलीमा सबै मिलेर जानुपर्छ भन्नेमा एकमत भएको र शीर्ष नेताहरुले भोलिसम्म एउटा निर्णय लिने प्रतिबद्धता जनाएको सभामुख घर्तीमगरले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्