
पोखरा, बैशाख १९ । कास्कीको फेवाताल किनारमा रहेको रानीवनमा आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास जारी छ तर नियन्त्रणमा लिन सकिएको छैन ।
नियन्त्रणका लागि स्थानीय र प्रहरी जुटेका छन् । बढ्दो खडेरी र गर्मीका कारण आगो नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आगोबाट मानवीय क्षति नभएपनि लाखौ रुपैयाँ बराबरको अरु क्षति भएको छ । कास्कीको वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ ।
विभिन्न सामुदायिक र निजी गरी पाँच दर्जन वनमा आगो लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।
कास्कीका २० हेक्टर क्षेत्रमा डढेलोले असर पारेको छ । कुनै क्षेत्रमा नियन्त्रण गरिए पनि अधिकांश ठाएँमा आगो नियन्त्रण बाहिर छ ।
पोखराका छिमेकी गाउँ पुम्दीभुम्दी, लुम्ले, लामाचौरको घार्मी, पञ्चासे क्षेत्रका वनमा केही दिनदेखि लागेको भीषण आगो नियन्त्रणमा लिन सकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्