
बाग्लुङ, वैशाख १९ । दक्षिणी बाग्लुङको धुल्लु बास्कोटमा आगलागी हुँदा १३ घर र २४ गोठ जलेर नस्ट भएका छन् ।
शनिबार दिउँसो लागेको आगोले धुल्लु बास्कोटको एउटा बस्ती नै उजाड बनाएको हो । धुल्लुबास्कोट–१ भाङखर्कबाट फैलिएको आगोले झुलेका १३ घर र २४ गोठ नस्ट गरेको हो ।
जंगलको बीचमा रहेको बस्तीमा बाँकी रहेका आठ घर पनि उच्च जोखिममा परेका छन् ।
आगलागीबाट मानवीय क्षति नभएपनि थुप्रै पशुपक्षी भने आगोमा परेको इलाका प्रहरी कार्यालय बरेङले जनाएको छ ।
अझै नियन्त्रणमा नआएको आगो धुल्लु बास्कोटबाट राङानीको किटेनी बाघकाटेतर्फ फैलिएको छ ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्