Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


यसकारण बढ्यो गर्मी, साताभित्रै पानीपर्ने, ‘यो वर्ष बढी वर्षा’ (भिडियो रिपोर्ट)


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, वैशाख १९ । लामो खडेरीले निकै बढेको तापक्रमका कारण देशैभर जनजीवन अस्तव्यस्त बनेको छ ।

चर्को घाम र सुक्खाले हरेक दिन दर्जनौं ठाउँमा आगलागीका घटनासमेत हुने गरेका छन् ।

लामो खडेरी, अत्यधिक गर्मी, र तीव्र वेगको हावाहुरीका कारण दिनहुँ डढेलो लाग्ने र आगलागीले बस्ती नै उजाड हुने भइरहेका छन् ।

त्यसमाथि सुदूरपश्चिम र पूर्वी तराईका जिल्लाहरुमा गर्मी तथा सुक्खाको प्रभाव बढी देखिएको छ ।

गत हिउँदमासमेत पानी नपरेकाले यस वर्ष गर्मी बढी भएको र मनसुन सुरु नभएसम्म गर्मीको पारो तल झर्न मुस्किल हुने मौसमविद्हरुले बताएका छन् ।

तराईका जिल्लाहरुमा ४३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेको छ भने काठमाडौं तथा पहाडी भेगमासमेत ३४–३५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको मौसमविद्हरुले बताएका छन् ।

सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरुमा भारतको राजस्थानबाट आएको सुक्खा हावाका कारण गर्मी अझै बढेको जल तथा मैसम पूर्वानुमान महाशाखाले जनाएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।