Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


घरमा आगो लगाएर उद्घाटन !


0
Shares

शिवहरि भट्टराई (इमेज)
राजविराज, वैशाख १९ । सप्तरीको हरिहरपुर र देउरी भरुवामा निर्माण गरिएको अग्नि प्रतिरोधात्मक नमूना घरको आइतबार प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले उद्घाटन गरेका छन् ।

सबैतिर आगलागीले रौद्ररुप देखाइरहेका बेला स्थाानीय प्रशासन र रेडक्रसको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको अग्नि प्रतिरोधात्मक नमूना घरमा आगो लगाएर उद्घाटन गरिएको हो ।

पराल, डोरी, माटो, बालुवा र प्लास्टिक प्रयोग गरी नमूना घर बनाइएका हुन् ।

घरमा डिजेल छ्यापेर आगो लगाइएकोमा आगो एक मिनेटमै निभेको थियो ।

ग्रामीण क्षेत्र र त्यसमाथि तराईमा हरेक वर्ष आगलागीले हजारौंको विचल्ली हुने गरेकाले अग्नि प्रतिरोधात्मक घर निर्माणको अवधारणा ल्याइएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलले जानकारी दिए ।

सो अवसरमा अग्नि प्रतिरोधक घर बनाउन आवश्यकपर्ने सरसामान, बनाउने तरिका र प्रविधिबारे प्रतिष्ठानका इन्जिनियर सूर्यनारायण यादवले गाउँलेलाई प्रशिक्षणसमेत दिएका थिए ।