
जुम्ला, बैशाख २० । कर्णाली क्षेत्रमा लामो समयसम्म पानी नपर्दा खडेरीले खेतबारीमा लगाइएका अन्न वाली भसक्कै डढेको छ ।
सिंचाई गर्ने नदीसमेत सुक्दै गएका छन् । जेठमा भित्र्याउनुपर्ने जौं बाली खेतबारीमै सुकेर नष्ट भएको छ भने आउने कार्तिकमा भित्र्उने गरी लगाइने बालीसमेत प्रभावित भएको छ ।
किसानले रोपाईका लागि राखेका धानको बिउ ब्याडमै सुक्न थालेका छन । खडेरीबाट सबैजसो गाउँका वासिन्दा चिन्तित देखिएका छन् ।
जुम्लाको जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयले जिल्लामा रहेका दुई सयभन्दा बढी पानीका मुहान सुकेको जानकारी दिएको छ ।
बढ्दो खडेरी र डढेलोले गर्दा बाक्लो तुँवालो लाग्दा जनजीवन अझ कष्टकर बनेको छ । तुँवालोकै कारण हवाई सेवासमेत प्रभावित भएको छ ।
यसैगरी वर्षा नहुने र खडेरी लम्बिएमा विभिन्न प्रकारको रोगव्याधीको भय देखिएको छ भने । खडेरीले खाद्य संकट निम्त्याउने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्