
-अनिल तिवारी, ईमेज
वीरगन्ज, बैशाख २० । मौसम परिवर्तनका कारण एक्कासी बढेको प्रचण्ड गर्मीले पूर्वी तराइको जिल्ला पर्साको जनजीवन पनि कष्टकर बन्दै गएको छ ।
तातोको पारो ओर्लने लक्षण नदेखाउँदा बालबालिकादेखि बृद्धबृद्धासमेत प्रत्यक्ष मारमा परेका छन् ।
दश दिन यता बढेको अत्याधिक गर्मीका कारण पर्साको जनजिवन कष्टकर बन्दै गएको हो । तापक्रम बढ्नुको साथै दिउंसोको समयमा चलेको तातो हावा लु समेतले आगलागीको क्रम व्यापक रुपमा बढेको छ ।
चर्को गर्मी र प्रचण्ड घामको कारण दैनिक ज्यालादारीमा काम गर्नेहरुको जनजिवन कष्टकर बनेको छ । गर्मीको कारण बीरगन्ज बजार तथा आसपासको चहलपहलमा पनि निकै कमि आएको छ ।
पर्साको साथै बारामा गर्मीको तापक्रम ४० डिग्रीसम्म पुगेको सिमरा बिमानस्थलले जनाएको छ । अत्याधिक गर्मीको कारण अस्पताल तथा स्वास्थ्य क्लिनिकहरुमा बिरामीको सख्या पनि ह्वात्तै बढेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्