१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अख्तियारको हिरासतमा रहेका दीक्षित सर्वोच्च अदालतमा उपस्थित


0
Shares

काठमाडौं, वैशाख २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका साझा यातायातका अध्यक्ष तथा हिमाल पत्रिकाका प्रकाशक कनकमणि दीक्षितलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

अकुत सम्पत्ति आर्र्जन गरेको अभियोगमा अख्तियारको हिरासतमा रहेका दीक्षितलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी पत्नी शान्ता दीक्षितले हालेको रिटको सुनुवाई क्रममा उनलाई सर्वोच्च अदालतमा लगिएको हो ।

यसअघि सर्वोच्चले उनलाई उपस्थित गराउन अख्तियारलाई आदेश दिएको थियो ।

उनको रिटमाथि कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासमा सुनुवाई भइरहेको छ ।