Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


कक्षा १२ को अंग्रेजी प्रश्नपत्रमा सात ठाउँमा गल्ती


0
Shares

काठमाडौं, वैशाख २० । उच्च माध्यमिक शिक्षा परिषदले यस वर्ष लिएको कक्षा १२ को अंग्रेजी परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ ।

सोमबारदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्रमा सातभन्दा बढी ठाउँमा गल्ती भेटिएको हो ।

नवोदित उच्च माध्यमिक विद्यालय सामाखुसीमा परीक्षा दिएका नेसनल स्कुल अफ साइन्स (निस्ट) कलेजका विद्यार्थी अमिर चौलागाईंले वार्षिक परीक्षाको प्रश्नपत्र गल्ती हुँदा आफूहरु अन्योलमा परेकोे बताए ।

उनले भने–‘प्रश्नपत्र नै गल्ती भएपछि कसरी उत्तर दिने ?’

सोही कलेजमा परीक्षा दिएका अर्का विद्यार्थी अभिषेक विष्टले देशभर भएको परीक्षाको प्रश्नपत्रमा यस्तो गल्ती हुँदा विद्यार्थीमा समस्या भएको बताउँछन् ।

उनी भन्छन्–‘हामीले त काठमाडौंबाट परीक्षा दिएका छौं, केही नबुझे सोध्न सक्छौं तर विकट जिल्लामा परीक्षा दिनेका लागि यस्तो प्रश्नपत्रले कस्तो सन्देश देला ?’

उच्च माध्यमिक विद्यालय संघ (हिसान)का काठमाडौं जिल्ला उपाध्यक्ष तथा अंग्रेजी विषयका शिक्षक राजेन्द्र अधिकारीले यस्तो प्रश्नपत्रले विद्यार्थीको मनमा डर, मानसिक समस्या उत्पन्न हुने बताउँछन् ।

उनी भन्छन्–‘देशभर सन्चालन भएको परीक्षालाई उच्च माध्यमिक शिक्षा परीक्षाले हल्कारुपमा लिनु राम्रो होइन ।’ रासस