१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


एनजिओ/आइएनजिओद्वारा तीन चौथाइ राहत फुर्मासी


0
Shares

काठमाडौं, वैशाख २१ । नेपालमा कार्यरत अधिकांश एनजिओ/आइएनजिओ पीडितका नाममा उठाएको दानको ठूलो हिस्सा आफ्नै लागि खर्चने भड्किलो कार्यशैलीले बद्नाम छन् ।

उनीहरुले भूकम्प पीडितका नाममा उठाएको रकममा समेत मानवीयता देखाउन सकेनन् । ठूलो हिस्सा आफ्नो तलब, भत्ता, यातायात, इन्धन, गोष्ठी एवं प्रशासनिक तथा व्यवस्थापकीय पक्षमा खर्चिदा पीडितले उचित राहत पाउन सकेका छैनन् ।

आपतमा समेत कार्यशैली नबदल्ने गैरसरकारी संस्थाप्रति पीडितमा थप आक्रोस देखिन्छ ।

वर्षदिन अघिको शक्तिशाली भूकम्प लगत्तै प्रभावित जिल्लामा उद्धार तथा पुनर्स्थापना कार्यक्रम लिएर थुप्रै एनजिओ/आइएनजिओ भित्रिए । लाग्थ्यो– उनीहरुको उपस्थिति र कार्यक्रमबाट भूकम्प पीडितले ठूलो राहत महसुस गर्नेछन् । समय बित्दै जाँदा सोचेजस्तो भएन ।

गोरखा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, रसुवा दोलखा लगायत अति प्रभावित जिल्लामा सहयोगका नाममा गएका सयौं एनजिओ/आइएनजिओले कार्यक्षेत्र छाडिसकेका छन् । वर्षदिनमा एनजिओ/आइएनजिओले प्रभावित गाउँमा कुन शीर्षकमा कति खर्च गरे भन्ने लेखाजोखासम्म छैन । –नागरिक दैनिकबाट