१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


आज विश्व प्रेस स्वतन्त्रता दिवस


0
Shares

काठमाडौं, वैशाख २१ । ‘सूचनामा नागरिको पहुँच मौलिक हकको प्रत्याभूति’ नाराकासाथ आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैं छ ।

प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा ग्यारेन्टी गरिएको नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रेस स्वतन्त्रता दिवस मनाइदैं आएको छ । गत वर्ष भूकम्पका कारण प्रेस स्वतन्त्रता दिवसको कुनै कार्यक्रम नगरिए पनि यस वर्ष भने संचारसँग सम्बद्ध संस्थाहरु यो दिवस मनाउन जुटेका छन् ।

नेपालमा प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा प्रत्याभूत गरे पनि यसको पूर्ण रुपमा अनुभूति गर्न सकेको छैन । २०४६ सालपछि संविधानले संवैधानिक रुपमा प्रेस स्वतन्त्रताको प्रत्याभूति भने गर्दै आएको छ ।

२०७२ सालमा संविधानसभाबाट जारी गरिएको नेपालको संविधानले यसको प्रत्याभूति गरेको छ ।