
काठमाडौं, वैशाख २१ । आज बसेको ब्यवस्थापिका–संसदको दोस्रो अधिवेशन राष्ट्रपतिको पत्र पढेर स्थगित भएको छ ।
ब्यवस्थापिका–संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बसेको बैठकमा राष्ट्रपति विद्या भण्डारीले पठाएको पत्र पढेर भोलि बिहान ११ बजे पुनः बस्नेगरी स्थगन गरिएको छ ।
बर्षे अधिवेशनका रुपमा रहने संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आर्थिक बर्ष २०७३ र ७४ को बजेट प्रस्तुत हुने भनिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यस अधिवेशनलाई आगामी वैशाख २६ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालको संविधानमा जेठ १५ भित्रै नयाँ बजेट प्रस्तुत गर्ने व्यवस्था छ तर सदनको कार्य सञ्चालन नियमावली भने अझै टुंगो लागेको छैन ।
नियमावली नबनेका कारण संसदीय सुनुवाई विशेष समिति गठन हुन नसक्दा संवैधानिक निकाय र राजदूत नियुक्तिका लागि सिफारिस भएकाहरुको सुनुवाई भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले यस अधिवेशनलाई आगामी बैशाख २६ गते सम्बोधन गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्