
चितवन, वैशाख २१ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आजदेखि चितवनको रत्ननगरमा सुरु हुँदैछ ।
साधारणसभा स्थललाई झकिझकाउ बनाइएको छ, भने देशभरका १६ सयभन्दा बढी पत्रकार रत्ननगर पुगेका छन् ।
साधारणसभाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज समुद्घाटन गर्दैछिन् ।
यसअघि राष्ट्रपति भण्डारी चितवनको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ ।
साधारणसभामा विधानसभा पनि हुने भएकाले महासंघलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी र श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गरिने तयारी छ ।
पेसागत र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरिने कार्यक्रम छ । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजार भन्दा माथि छ ।
प्रतिक्रिया दिनुहोस्