
काठमाडौं, असार २८ । जैविक फोहोरमैलाबाट विद्युत् निकाल्ने उपकरण सन्चालनमा आएको केही महिनामै थन्किएको छ ।
तीन मेट्रिकटन फोहोरमैलाबाट दैनिक १४ किलोवाट विद्युत् निकाल्ने क्षमता भएको उपकरण २०७४ साल असारदेखि टेकुमा सन्चालन गरिएको थियो ।
१ करोड ८२ लाख रुपैयाँ खर्चिएर निर्माण गरिएको सो उपकरण नमुनाकारुपमा निर्माण गरिएको थियो ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले हामीसँग कुरा गर्दै उपकरण मर्मत गरी फेरि प्रयोगमा ल्याउने तयारी भइरहेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस्