Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


मिडवाइफ्री सम्मेलन बुधबारदेखि


0
Shares

काठमाडौं, वैशाख २१ । दोस्रो मिडवाइफ्री सम्मेलन बुधबार (भोलि)देखि काठमाडौंमा हुने भएको छ ।

‘पहुँच नपुगेका महिलामा पहुँच, भूकम्पपछि मिडवाइफ्री सेवालाई सन् २००६ को नीतिगत् निर्णयअनुसार सुदृढीकरण गरौं’ भन्ने नारासहित सम्मेलन गर्न लागिएको हो ।

मिडवाइफ्री सोसाइटीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

सम्मेलनमा आपत्कालीन समयमा गर्भवती महिलाको हेरचाह, प्रसूति सेवा, सुत्केरी महिला र नवजात शिशुको हेरचाहमा मिडवाइ नर्सको भूमिकालगायतका विषयमा छलफल हुने भएको छ । सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ ।

नेपालमा मिडवाइफ्रीको निकै खाँचो भएपनि यससम्बन्धी पठन–पाठनमा चुनौती रहेको मिड्वाइफ्री सोसाइटीकी उपाध्यक्षले गोमादेवी निरौलाले बताइन् ।

उनले नेपालमा मिडवाइफ्री जनशक्ति तयार पार्न सरकारले सहयोग नगरेको बताइन् ।

नेपालमा सन् २००६ देखि मिडवाइफ्रीसम्बन्धी पठन–पाठन सुरु गर्ने भनिएपनि हुन सकेको छैन ।