
काठमाडौं, वैशाख २२ । सर्वोच्च अदालतले नेपाल प्रेस काउन्सिलको सदस्यमा दीपक पाठकलाई मनोनीत गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।
सन्चारमन्त्री शेरधन राई र पार्टीका अन्य नेताहरुको असन्तुष्टिकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै रामकुमार एलनले दायर गरेको रिटमा न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले बुधबार सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
प्रहरीको खोजीको सूचीमा रहेको पाठकलाई प्रेस काउन्सिलको सदस्यमा नियुक्त गरिएको भन्दै एलनले रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्