
सन्जीब बगाले/दिलिप पोखरेल (इमेज)
काठमाडौं, वैशाख २२ । व्यवस्थापिका–संसदको दोस्रो अधिवेशन सुरु भएसँगै सरकार परिवर्तनको मुद्दा जोडतोडकासाथ उठ्न थालेको छ ।
एकीकृत माओवादीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अपिल गरिसकेको छ भने एकीकृत माओवादीका नेताहरुले संसद बैठकमै सरकारको चर्को आलोचना गरेका छन् ।
सत्ता सहयात्री दल एकीकृत नेकपा माओवादीले प्रमुख विपक्षीसँग मिलेर सरकारको नेतृत्व गर्ने प्रयास अघि बढाएपछि ६ महिनाअघि गठित केपी ओली नेतृत्वको वर्तमान सरकार संकटमा परेको छ ।
ओलीसँगै चुनावी प्रतिस्पर्धामा रहेर प्रमुख विपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेसले सरकार परिवर्तनको एजेन्डा सुरुदेखि नै उठाए पनि अंकगणित नपुगेका कारण अर्थहीन बनेको थियो ।
तर, पछिल्ला दिनमा आएर एकीकृत माओवादीलाई सरकारको नेतृत्व दिने संकेत दिएर उसले गठबन्धन भत्काइदिएको छ ।
अहिले एमाओवादी एमालेको साथ छोडेर कांग्रेसको साथमा पुगेको छ भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री बन्ने तयारीमा जुटेका छन् ।
माओवादी स्थायी कमिटीको बैठकले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न अपिलसमेत गरिसकेको छ ।
वर्तमान सरकार माथि खतराको घन्टी भने शान्तिप्रक्रियाको विषयले बजाएको प्रस्ट हुन्छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्