३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


देशका अधिकांश स्थानमा वर्षा, ‘वर्षा हुनेक्रम शनिबारसम्म कायम रहने’


0
Shares

काठमाडौं, वैशाख २२ । लामो समयको खडेरीपछि बुधबार मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ ।

पश्चिमी वायुको प्रभावले राजधानीलगायत देशका अधिकांश स्थानमा वर्षा भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार सुदूरपश्चिमबाहेक देशका अधिकांश स्थानमा वर्षा भएको जनाएको छ ।

यसअघि, मंगलबार पनि केही स्थानमा वर्षा भएको थियो । वर्षा हुनेक्रम शनिबारसम्म कायम रहने पनि महाशाखाले जनाएको छ ।

लामो खडेरीपछि परेको वर्षाले सर्वसाधारणलाई केही राहत भएको छ ।