
राजु चौधरी (इमेज)
चितवन, वैशाख २२ । नेपाल पत्रकार महासंघले न्यूनतम् पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
बुधाबर चितवनमा सम्पन्न महासंघको केन्द्रीय साधारणसभाको घोषणापत्र सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले न्यूनतम् पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको १९ हजार ५ सय रुपैयाँ पारिश्रमिक तत्काल कार्यान्वयन गर्न माग गरे ।
समितिले निर्धारण गरेको न्यूनतम् पारिश्रमिक तत्काल कार्यान्वयन नगरे आन्दोलनमा उत्रने चेतावनी पनि महासंघले दिएको छ ।
यस्तै, महासंघले जनताको लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान कार्यान्वयन गरी आन्दोलनका सबै उपलब्धि रक्षा गर्न सबै पक्षसँग आह्वान गरेको छ ।
११ बुँदे चितवन घोषणापत्र जारी गर्दै सकिएको साधारणसभाले विधान संशोधन प्रस्ताव भने पारित गर्न सकेन ।
साधारणसभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ भने विधान संशोधनको लागि सात सदस्यीय समितिलाई जिम्मा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्