३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


प्रेस काउन्सिलमा गरिएकोे नियुक्तिप्रति अख्तियारको चासो


0
Shares

काठमाडौं, वैशाख २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रेस काउन्सिलमा गरिएको नियुक्तिमा चासो देखाएको छ ।

आयोगले बुधबार एक विज्ञप्ति प्रकाशित गरी सूचना तथा सन्चार मन्त्रालयअन्तर्गत् रहेको काउन्सिलको सदस्यमा हालै गरेको नियुक्ति आयोगको गत वैशाख १५ गतेको निर्णयको प्रतिकूल देखिएकाले चासो देखाएको जनाएको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करले आयोगको पूर्वनिर्णयको प्रतिकूल देखिएकाले सूचना तथा सन्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै बुधबार पत्र पठाइएको जानकारी दिनुभयो ।

उनले आयोगको ऐन, २०४८ को दफा २८ बमोजिम पत्र पठाइएको उल्लेख गरे ।

आयोगले सरकारी निकायअन्तर्गत् नियुक्ति गर्दा मन्त्रिपरिषदबाट गर्न निर्देशन दिएको थियो । रासस

फाइल फोटो