
काठमाडौं, वैशाख २३ । काठमाडौंको बानेश्वरमा आज ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
अन्दाजी ५३ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रिपरको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा सिभिल अस्पतालमा ६ बजे मृत्यु भएको हो । थापागाउँबाट बबरमहलतर्फ आउँदै गरेको ना५ख २६१८ नम्बरको ट्रिपरले बानेश्वर चोकमै सडक पार गर्दै गरेकी महिलालाई आज बिहान साढे ५ बजे ठक्कर दिएको थियो ।
दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्