Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


मालपोत कार्यालयकै कारण ललिता निवासको जग्गा फिर्तामा ढिलाइ


0
Shares

काठमाडौं, वैशाख ३१ । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद बैठकले गरेको बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी विवादास्पद निर्णय डिल्लीबजार मालपोत कार्यालयका कारण बदर गर्न ढिलाइ भएको छ ।

ललिता निवासले चर्चेको जग्गाको साविक र अहिले कायम भएका कित्ताको एकमुष्ठ विवरण मालपोत कार्यालयले उपलब्ध नगराउँदा भूमाफिया र व्यापारीले हड्पेको सरकारी सम्पत्ति फिर्ता हुन विलम्ब भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले केही कित्ताको यकिन विवरण नआएका कारण ललिता निवासको जग्गा सट्टाभर्ना दिने तथा नक्कली मोही खडा गर्ने बद्नियतपूर्ण निर्णय खारेृजीमा ढिलाइ भएको बताए । –नागरिक दैनिकबाट