१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


एमालेको छवि समाप्त हुने खाँडको चेतावनी


0
Shares

भक्तपुर, वैशाख २३ । नेपाली कांग्रेसका नेता तथा सांसद बालकृष्ण खाँडले राष्ट्रिय सहमतिको सरकार गठनमा अवरोध गरे नेकपा एमालेको राजनीतिक छवि समाप्त हुने बताएका छन् ।

रफत सन्चार क्लबले विहीबार भक्तपुरमा गरेको साक्षात्कारमा नेता खाँडले वर्तमान सरकारले राजनीतिक मर्यादा भुलेर निर्वाचनको बाटो अँगाले शाही शासनकालमा राजाले स्थानीय निकायको निर्वाचन गरेको जस्तो हुने चेतावनी दिए ।

उनले वर्तमान सरकारले आर्थिक, सामाजिक, राजनीतिक, संविधान कार्यान्वयन, पुनःनिर्माणलगायतका कुनै काम गर्न नसकेकाले अब कांग्रेसको अग्रसरतामा एमाओवादी, मधेसी दललगायतलाई समेटेर नयाँ सरकार गठन हुने दाबी गरे ।

सहमतीय सरकारका लागि एमालेले अवरोध गरे बहुमतीय आधारमा भएपनि सरकार परिवर्तन हुने उनको भनाइ थियो ।

नेता खाँडले अबको केही दिनमा सरकारविरुद्ध अविश्वासको प्रस्तावसमेत संसदमा दर्ता गरिने बताए ।