काठमाडौं, वैशाख २३ । पुष्पलाल स्मृति प्रतिष्ठानले राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानसम्बन्धी खोज, अनुसन्धान र लेखनमार्फत् योगदान पुर्याएका तीनजना व्यक्तित्वलाई सम्मान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र पुष्पलाल स्मृति प्रतिष्ठानले विहीबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा खोज, अनुसन्धान र लेखनमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरेकी हुन् ।
कार्यक्रममा राजनीतितर्फ हर्ष स्याङ्बो, इतिहासतर्फ गोपीरमण उपाध्याय र साहित्य, संस्कृति तथा विज्ञानतर्फ डा. शम्भु पटेललाई जनही १/१ लाख रुपैयाँसहित सम्मान गरिएको हो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक र सामाजिक आन्दोलनमा स्वर्गीय पुष्पपलाले महत्वपूर्ण योगदान दिएको बताइन् ।
यस्तै, पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खोज, अनुसन्धानमा समर्पित भएर महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए ।




प्रतिक्रिया दिनुहोस्