४ असार २०८२, बुधबार | Wed Jun 18 2025


९५ जनाको क्षमता भएको कारागारमा २२३ जना कैदीबन्दी


0
Shares

कन्चनपुर, वैशाख २३ । कन्चनपुर जिल्ला कारागारमा स्थान अभावका कारण कैदीबन्दीहरुलाई समस्या भएको छ ।

कारागारमा ७५ जना पुरुष र १० जना महिला गरी ९५ जनाको क्षमता रहेकोमा २ सय ३५ जना कैदी बस्दै आएका छन् ।

जसमा २ सय २३ जना पुरुष, १० महिला र २ बालक रहेका छन् । उनीहरुलाई शौचालय, खानेपानी र सुत्ने ठाँउको समस्या भएको छ ।

जसका कारण दैनिक क्रियाकलापमासमेत कठिनाइ भएको जनाइएको छ ।