३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


झ्यालबाट खसेर बालकको मृत्यु


0
Shares

इलाम, वैशाख २४ । झ्यालबाट खसेर इलाममा एक बालकको आज बिहान मृत्यु भएको छ ।

पाँचथर जिल्ला रानीटार घर भई हाल इलाम नगरपालिका–८ स्थित फुपूको घरमा बस्दै आएका १० वर्षीय अभिषेक राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ

उनी पिपलबोटेस्थित आफ्नै फुपूको घरमा बसेर मन्टेश्वरी बोर्डिङ स्कुलमा अध्ययन गर्दै थिए । झ्यालबाट बान्ता गर्ने क्रममा लडेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन तला माथिबाट बान्ता गर्ने क्रममा अनारको रूखमा बजारिएर मृत्यु भएको प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए ।

बालकको शवपरीक्षणका लागि इलाम अस्पतालमा राखिएको छ । (रासस)