३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


आमा सम्झँदै मातातीर्थमा घुइँचो, सुकेका सबै धाराबाट कसरी आयो पानी ? (भिडियोसहित)


0
Shares

प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, वैशाख २४ । वैशाख कृष्णऔंसी अर्थात् मातातीर्थऔंसीको अवसरमा काठमाडौंको मातातीर्थमा शुक्रबार विशेष मेला लाग्यो । मेला भर्न देशभरबाट लाखौं भक्तजन मातातीर्थ पुगे ।

खडेरीलगायतका कारणले यहाँका धाराहरुमा पानी चुहिन छाडेको धेरै भयो । तर, स्थानीय बासिन्दाले अस्थायी पहल गरेरै भएपनि त्यहाँ पुग्ने भक्तजनलाई खडेरीको महसुस गर्न दिएनन् ।

त्यसो त आफ्नी आमालाई माया गर्न र सम्झन उनका सन्तानले कुनै समय, दिन, तिथि वा पर्व कुरिरहनु पर्दैन । तर, पनि हिन्दूधर्ममा बेग्लै महत्व बोकेको तिथि हो, मातातीर्थ औंसी ।

विशेषतः यो दिन जन्मदिने आमाकै लागि समर्पित गरिन्छ । त्यसैले त शुक्रबार काठमाडौंको पश्चिमी क्षेत्रमा रहेको मातृतीर्थमा पुगेर आफ्नी दिवंगत आमाप्रति श्रद्धाभाव चढाउनेहरुको घुइँचो लागेको थियो ।

कोही आमाप्रति कृतकृत हुँदै उनको नाममा जल चलाउन व्यस्त थिए भने कोही श्राद्ध–तर्पण गरिरहेका देखिन्थे ।

हातमा धुप सल्काएर आफ्नी आमाको ज्वाजल्यमान मुहारको सम्झना गर्नेदेखि मातातीर्थमा पुगेमात्रै पनि आमाप्रति सम्मान हुने सोच राख्नेसम्मको भीड देखिन्थ्यो मातातीर्थमा ।

फरक–फरक बाटो हुँदै यहाँ पुग्नेहरुको लक्ष्य एउटै थियो–धर्ती देखाउने आफ्नी आमाको स्मरणमा गच्छेअनुसार केही न केही गर्ने । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्