२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


विकिलिक्सका संस्थापक जुलिअन असान्जविरुद्ध फेरि अनुसन्धान सुरु


0
Shares

स्वीडेन, वैशाख ३० । स्वीडेनका सरकारी अभियोजनकर्ताहरूले विकिलिक्सका संस्थापक जुलिअन असान्जविरुद्धको बलात्कार अभियोगबारे पुनः अनुसन्धान थालेका छन् ।

पीडितको वकिलको अनुरोधमा अनुसन्धान फेरि शुरु गरिएको हो । ४७ वर्षीय असाञ्जले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

सन् २०१२ मा लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएका असाञ्जले सात वर्षदेखि सम्भावित सुपूर्दगी छल्दै आएका थिए । तर गत महिना उनलाई दूतावासले निकालिदियो र उनलाई जमानतको शर्त उल्लंघन गरेको अभियोगमा ५० हप्ताको जेल सजाय तोकियो ।

हाल उनी लण्डनको बेल्मार्श कारागारमा छन् । अमेरिकाले पनि सन् २०१० मा आफ्ना गोप्य दस्तावेज सार्वजनिक गरेको आरोपमा असान्जलाई आफ्नो देश सुपुर्दगी गर्न माग गरिरहेको छ । (एजेन्सी)