
काठमाडौं, बैशाख २५ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राज्यले तराईका सिमान्तकृत र पिछडीएका वर्गका समस्या सम्बोधन गर्ने अवसर गुमाएको बताएका छन् ।
हामीसँग कुरा गर्दै अध्यक्ष यादवले तराईका समस्यालाई नयाँ संविधानमार्फत् सम्बोधन गर्न राज्य चुकेकाले अब नयाँ विद्रोह सुरु हुने चेतावनी दिए । विद्रोहबाट हुने क्षतिको जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाई थियो ।
अध्यक्ष यादवले संविधान पुनर्लेखन गरेर तराईका समस्या हल नगरे आन्दोलनलाई सशक्त बनाइने बताए । जनताका अधिकार स्थापित गर्न आन्दोलनको विकल्प नदेखिएको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्