१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


राजदूत फिर्ता गर्ने निर्णय जघन्य भूल : कोइराला


0
Shares

काभ्रे, वैशाख २५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएर सरकारले ‘जघन्य भूल गरेको’ बताएका छन् ।

सरकार कांग्रेससँग प्रत्यक्ष मूठभेडमा उत्रेको भन्दै उनले राजदूत फिर्ता गर्ने निर्णयको विषयमा निकै महँगो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए ।

नेपाली कांग्रेस धुलिखेलले शनिबार धुलिखेलमा गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजदूत फिर्ता बोलाएर सरकारले अराजकताको पराकास्ठ प्रस्तुत् गरेको आरोप पनि लगाए ।

अपवित्र गठबन्धनको वर्तमान सरकार इतिहासकै असफल र कमजोर बनेको उनको भनाइ थियो ।

कोइरालाले सरकार परिवर्तनको खेलमा लागेर कांग्रेसले कुनै गल्ती नगरेको पनि स्पस्ट पारे ।