४ असार २०८२, बुधबार | Wed Jun 18 2025


राष्ट्रपतिको भ्रमण किन भयो रद्द ? राजदूतलाई किन बोलाइयो फिर्ता ? पढ्नोस् रक्षामन्त्रीको जवाफ


0
Shares

काठमाडौं, वैशाख २५ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले कुटनीतिक मर्यादाविपरीत काम गरेकाले फिर्ता बोलाइएको बताएका छन् ।

शनिबार राजधानीमा गरिएको साक्षात्कारमा मन्त्री रावलले सरकार फेरबदलमा सक्रिय भएर कुटनीतिक मर्यादाविपरीत काम गर्न थालेपछि राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको बताएका हुन् ।

उनले कुटनीतिक मर्यादा जोगाइराख्न सरकारले राजदूत उपाध्यायलाई फिर्ता बोलाएको जिकिर गरे ।

मन्त्री रावलले राजदूत फिर्तीले नेपाल–भारत सम्बन्धमा कुनै असर नपर्ने दाबी पनि गरे ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित हुनु र राजदूत फिर्ता बोलाउनुमा कुनै सम्बन्ध नरहेको जिकिर गरे ।

पछिल्लो समयमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम र संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्नेलगायतका आन्तरिक राजनीतिक कारणले राष्ट्रपतिको भारत भ्रमण स्थगित गरिएको उनको भनाइ थियो ।