काठमाडौं, वैशाख २५ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले नेपालमा विदेशी चलखेल बढेपनि नेपालको आन्तरिक शक्ति नै निर्णायक हुने बताएका छन् ।
शनिबार राजधानीमा गरिएको साक्षात्कारमा परराष्ट्रमन्त्री थापाले पछिल्लो राजनीतिक घटनाक्रमले नेपालको आन्तरिक शक्तिको निर्णायकत्वको पुनर्पुष्टि भएको दाबी गरे ।
उनले संविधान निर्माण, सरकार गठन, नाकाबन्दी र सरकारै गिराउने पछिल्लो खेलमा नेपालको आन्तरिक शक्तिको निर्णायकत्व पुष्टि भएको दाबी गरे ।
मन्त्री थापाले नेपालको संविधानमा रहेका केही कमी–कमजोरीलाई औंल्याएर अस्थिरता सिर्जना गर्ने खेलमा कोहीपनि लाग्न नहुने बताए ।
उनले संविधानका सकारात्मकपक्षलाई लिएर नेपालमा स्थिरता कायमका लागि सहयोग गर्न छिमेकी मुलुकहरुलाई आग्रह गरे ।




प्रतिक्रिया दिनुहोस्