
उदयपुर, वैशाख २५ । उदयपुरको रामपुर ठोक्सिलामा शनिबार आएको हावाहुरीले २ सय ५० भन्दा बढी घरका छाना उडाएको छ ।
हावाहुरीले आर्दश निम्न माध्यमिक विद्यालय, कोशी जनता माध्यमिक विद्यालय, कोशी माध्यमिक विद्यालयको छाना पनि उडाएको छ ।
त्यसैगरी, यहाँका एक सयभन्दा बढी बिजुलीका पोल ढालेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक राजेश चौधरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्