
रविन भट्टराई (इमेज)
ताप्लेजुङ, वैशाख २५ । ताप्लेजुङ सदरमुकाममा शनिबार दिउँसो आगोलागी हुँदा दुईओटा घर जलेर नस्ट भएका छन् ।
स्थानीय नेत्र बरालको घरबाट सल्किएको आगोले बराल र पदमप्रसाद पौडेलको घर जलेर नस्ट भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।
आगोलागीको कारण खुल्न सकेको छैन भने क्षतिको एकीन विवरण पनि आइसकेको छैन ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्