
काठमाडौं, वैशाख २५ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेपाल र भारत सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइएको दाबी गरेका छन् ।
शनिबारको व्यवस्थापिका–संसद बैठकमा उनले सरकारको सोचाइअनुसार काम गर्न सहज होस् भन्ने उद्देश्यले राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको बताए ।
मन्त्री थापाले राष्ट्रपतिको भ्रमण स्थगित गरिएको र राजदूतलाई फिर्ता बोलाइएको सूचना राजदूत उपाध्यायलाई एकसाथ गराइएको बताए ।
उनले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटानक्रम, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गर्नुपर्ने र भारतको उज्जैनमा भएको ठूलो प्राकृतिक विपत्तिलगायतका कारण राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित गरिएको बताए ।
राष्ट्रपतिको भारत भ्रमण स्थगित भएका कारण भारतसँगको सम्बन्धमा नकारात्मक असर नपर्ने परराष्ट्रमन्त्री थापाको दाबी छ ।
यसअघि, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका थिए ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्