४ असार २०८२, बुधबार | Wed Jun 18 2025


जुवा खेल्न कहाँ पुगेनन् नेपाली !


0
Shares

काठमाडौं, वैशाख २६ ।

नखेल्नु जुवा र तास
धनको नास जीवनको बनीबास‘

जुवाडेलाई संकेत गरी जुवातास खेल्न हुन्न भन्ने सामाजिक सन्देशसहित तयार पारिएको यो गीत कुनैबेला नेपाल संगीत पारखीको मुखैमा झुण्डिएको थियो ।

भारतको पर्यटकीय सहर गोवाको समुद्रमाथि सञ्चालित डेल्टिन रोयल क्यासिनोमा ग्राहक देख्दा यो गीत सार्थक लाग्दैन । जब साँझ पर्न थाल्छ ग्राहकको घुइँचो लागिहाल्छ र मध्यरातसम्मै खाल जम्छ ।

शान्त समुऽको आनन्द लिँदै जुवा खेल्न पाउनुलाई उनीहरूले ठूलो प्राप्ती ठान्छन् । शुक्रबारदेखि आइतबारसम्म ग्राहकको ताँती नै लाग्ने रोयलका महाप्रबन्धक निर्माण आचार्य बताउँछन् ।

जुवाका त्यस्ता खालमा सहभागी हुन नेपाली पनि त्यहाँ पुग्छन् ।  ‘क्यासिनोमा गएर रमाइलो गर्ने मेरो आदत छ ।

म आफ्नो व्यवसायमा धेरै मेहनत गर्छु अनि मनोरञ्जन पनि पुरापुर गर्न चाहन्छु,’ रोयलमा भेटिएका भक्तपुरका नबिन शर्मा ९नाम परिवर्तन० ले भने, ‘नेपालमा सरकारले स्वदेशीलाई क्यासिनो प्रवेश निषेध गरेपछि यता आउन थालेको हुँ ।’ उनले आफू जग्गा कारोबारी भएको पनिल बताए ।

सरकारले नेपाली नागरिकलाई क्यासिनो खेल्न बन्देज लगाँउदा पुँजी पलायन भएको बताउँछन्, काठमाडौंस्थित एक क्यासिनोका सञ्चालक । नेपाली क्यासिनो खेल्न गोवा, सिक्किम वा अन्त कतै गएर खेल्ने उनको भनाइ छ ।

यता डेल्टिन क्यासिनोमा भेटिएका अर्का नेपालीले भने आफूले पैतृक संम्पत्तीका रुपमा काठमाडौंको १५ रोपनी जग्गा प्राप्त गरेकोमा अब ३ रोपनीजति मात्र बाँकी छ ।

‘लत बसिहाल्यो अब छाड्नै गार्‍हो छ,’उनी भन्छन् ‘आफ्नै देशमा बसेर खेल्न पाएको भए किन यति टाढा आइन्थ्यो र !’ निकै भाबुक स्वाभावका उनी समुन्द्र पनि हेर्न पाइने भएकाले गोवामा दोहोरो फाइदा प्राप्त भएको ठान्छन् ।

प्रायजसो फ्लस खेल्ने उनी एकपटक खेलेपछि उठेर ४ तलामाथि रहेको क्रुजको छतमा जान्छन् । छतबाट रात्रीकालिन समुन्द्रको पर कतै उर्लिरहेको लहरको आवाज सुन्छन र फेरि खेल्न फर्कन्छन् । सुन्छन र फेरि खेल्न फर्कन्छन् । ‘जिन्दगीको मजा मलाई योभन्दा अर्को कुनै होलाजस्तो लाग्दैन्’, उनी भन्छन् । उनी रोयालका नियमित ग्राहक हुन् ।