
कञ्चनपुर, वैशाख २६ । कञ्चनपुरको भिमदत्त नगरपालिका–९ मटैनाबाट करोडौं मुल्य बराबरको लोपोन्मुख प्रजातीको ५ औले नामक जडिबुटी बरामद गरिएको छ ।
आज राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकी र बैधनाथ बाहिनी अत्तरियाको संयुक्त गस्ती टोलीले उक्त जडिबुटी बरामद गरेको हो ।
बिशेष सुराकीको आधारमा गस्तीमा गएको टोलीले मटैना क्षेत्रबाट जडिबुटीका चार वटा बोरा बरामद गरेको हो । गस्तीमा रहेको टोलीलाई देखेर मोटरसाइकलमा रहेका चार जनाले बोरा र मोटरसाइकल छाडेर भागेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको जडिबुटीको मुल्य १२ करोड रुपैयाँसम्म हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्