४ असार २०८२, बुधबार | Wed Jun 18 2025


सिण्डिकेट विवादका कारण राप्ती अञ्चलभर यातायात बन्द


0
Shares

दाङ, वैशाख २६ । सिण्डिकेट विवादका कारण हिजो बिहानदेखि अबरुद्ध राप्ती अञ्चलभरको यातायात सेवा अझै सञ्चालन हुन सकेको छैन ।

यातायात ठप्प हुँदा दाङ, सल्यान, रोल्पा, रुकुम र प्युठानको जनजीवन कष्टकर बनेको छ । यात्रुहरु घण्टौं पैदल यात्रा गर्न बाध्य भएका छन् । फाट्टफुट्ट निजी गाडीहरु सञ्चालन भएपनि कुनै पनि सार्वजनिक गाडीहरु भने चलेका छैनन् ।

मालिका कालिका यातायात प्रालिले हिजो तुलसीपुर–रुकुम गाडी सञ्चालन गर्न थालेपछि यातायात व्यवसायीहरुबीच विवाद बढेको हो । मालिका–कालिका यातायातका गाडी तोडफोडमा संलग्नहरुमाथि प्रहरीले लाठी चार्ज गरेको वहानामा सिण्डीकेट पक्षधर व्यावसायीहरुले अञ्चलभर यातायात अवरुद्ध गराएका हुन् ।

यातायात व्यवसायीको अवरोध कार्यक्रमलाई समर्थन गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले आज बजार बन्द गराएको छ ।

हिजो भएको झडपमा लाठी चार्ज गर्ने प्रहरीलाई कारबाहीको माग उनीहरुले गरेका छन् ।

राप्ती बस ब्यावसायी समितिले दाङ–काठमाडौं रुटमा एकलौटी गर्दै आएकोमा मालिका कालिका यातायात प्रालिले गत पुस १८ देखि काठमाडौं रुटमा डिलक्स गाडीहरु सञ्चालन गरेको छ ।