२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


पूर्व महिला पत्रकार मीनाको हत्यारा पत्ता लगाएर कारवाही गर्न दबाब


0
Shares

काबुल, वैशाख ३० । अफगानिस्तानकी पूर्वमहिला पत्रकार मीना मंगलको हत्यामा संलग्नलाई कानुनको कठघरामा ल्याउन राजनैतिक दल तथा अधिकारकर्मीहरुले माग गरेका छन् ।

अफगानिस्तानको काबुलमा हिजो दिउँसै मीनाको गोली हानी हत्या गरिएको थियो । घरबाट कार्यालय जाने क्रममा अज्ञात ब्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।

अधिकारकर्मीहरुले छिटा अनुसन्धान गरि हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिएका छन् ।

केही दिनअघि मीनाले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की आएकोे जानकारी गराएकी थिइन् । अफगानिस्तानको टोलो र शमशाद टेलिभिजन च्यानलमा प्रस्तोताको रुपमा लामो समयसम्म काम गरेकी मीना पछिल्लो समय अफगान संसदमा साँस्कृतिक सल्लाहकारको रुपमा कार्यरत थिइन् । उनी महिला अधिकार, शिक्षाजस्ता मुद्दामा पनि काम गरिरहेकी थिइन् ।

उनको हत्याको पछाडि कसको संलग्नता छ भन्ने पुष्टि भएको छैन । (एजेन्सी)