४ असार २०८२, बुधबार | Thu Jun 19 2025


भारतका कुटनीतिज्ञ र लेखक भन्छन्– नेपालसँगको सम्बन्ध बिग्रियो


0
Shares

काठमाडौं, वैशाख २७ । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित तथा भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायको फिर्ता प्रकरणबारे भारतका कुटनीतिज्ञहरुले फरक–फरक प्रतिक्रिया दिएका छन् ।

कतिपयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको आलोचना गरेका छन् भने कतिपयले नेपालका प्रधानमन्त्री केपी ओलीको भारत नीतिप्रति टिप्पणी गरेका छन् ।

भारतले औपचारिक रुपमा भने पछिल्ला घटनाक्रमबारे नजिकबाट नियालिरहेकोबाहेक अन्य टिप्पणी गरेको छैन ।

पूर्वराजदुत एमके भद्रकुमार भन्छन्, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द, भारतका प्रधानमन्त्री नरेन्द्रमोदी बुद्धजयन्तीका अवसरमा २१ मेमा जाने भनिएको कार्यक्रम रद्द र नयाँ दिल्लीबाट राजदुत फर्काउने काठमाडौंको निर्णयजस्ता नाटकीय विकासक्रमले नेपाल–भारत सम्बन्धको पछिल्लो घाउ थप गहिरिएको छ ।’

टाइम्स अफ इन्डियाका लेखक रुद्रोणील घोष भन्छन्, ‘काठमाडौंमा नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप भएको भन्ने साझा मत छ । मधेसीहरुको समावेशीकरणका लागि भारतले राखेको चासो वैधानिक छ तर नयाँ दिल्लीले त्यसका लागि नेपाल सरकारलाई दबाब थोपर्नु हुँदैन, केवल आग्रह गर्नसक्छ ।’
–नयाँपत्रिका दैनिकबाट