
महोत्तरी, वैशाख २७ । महोत्तरीको बर्दिवास नगरपालिका–५ मा आज बिहान इँटा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
आज बिहान ज१त १४७७ नम्बरको ट्र्याक्टरमा इँटा लोड गरी गइरहेको समयमा अनियन्त्रित भई पल्टिदा सोही ट्र्याक्टरका चालक औरही–८ का २० वर्षीय विनय सदाको ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही ट्र्याक्टरमा लोड गरिएको इँटाले थिचिएर गम्भीर घाइते भएको सदाको उपचारको क्रममा बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उनको मृत्यु भएको जिल्ला ट्र«ाफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्