४ असार २०८२, बुधबार | Thu Jun 19 2025


राप्तीमा अनिश्चितकालिन यातायात बन्द खुल्यो


0
Shares

काठमाडौं, बैशाख २७ । सिण्डिकेट विवादका कारण शनिबारदेखि अबरुद्ध राप्ती अञ्चलको यातायात सेवा आज बिहानबाट सुचारु भएको छ ।

प्रहरी उपरीक्षक कुबेर खडायतको नेतृत्वमा पत्रकार, पीडित व्यक्ति, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाज समेतको सहभागितामा भएको वार्तामा दुई बुँदे सहमति भएपछि यातायात खुलेको हो ।

वार्ताका क्रममा दोषीलाई कारवाही गर्ने र पीडितलाई क्षतिपूर्ति दिन सहमति भएको छ । मालिका कालिका यातायात प्रालीले शनिबार तुलसीपुर–रुकुम गाडी सञ्चालन गर्न थालेपछि व्यवसायीहरुबीच विवाद भएको हो ।

प्रालिका गाडीमा तोडफोड र  झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट तीन जना व्यवसायी घाइते भएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ राप्तीले अञ्चलभर अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेको थियो । यातायात ठप्प दुई दिन दाङ, सल्यान, रोल्पा, रुकुम र प्युठानको जनजीवन कष्टकर बनेको थियो ।